सर्वपक्षीय छलफलबारे मन्त्री पुनको टिप्पणी : ‘नेपालीको सल्लाह, खरानीको डल्ला’

काठमाडौं : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले विदेशमा बस्ने नेपालीले निर्वाचनमा मत दिने सम्भावना नरहेको बताएका छन् ।

सोमबार प्रधानमन्त्री शुसीला कार्कीले आयोजना गरेको सर्वपक्षीय छलफल कार्यक्रमपछि सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले यस्तो बताएका हुन् ।

मन्त्री पुनले छलफलमा कुनै उपलब्धि नभएको स्पष्ट पारे ।

‘आजको छलफलप्रति तपाइँले चित्त दुखाइरहनु भएको थियो, किन हो ?’ भन्ने प्रश्नमा मन्त्री पुनले ठट्यौली पारामा भने, ‘नेपालीको सल्लो, खरानीको डल्लो ।’

उनले छलफल उपलब्धिविहीन भएको पारामा भने, ‘आजको सल्लाह चाहिँ खरानीको डल्ला जस्तो भयो। विदेशमा बस्ने नेपालीले चुनावमा भोट दिन पाउने अवस्था छैन । ल अब विदेशमा बस्ने नेपालीले के के अभियान चाल्नुपर्ने हो, तपाइँहरूको आ– आफ्नो क्षेत्रबाट के के अभियान चाल्नुपर्ने हो, चाल्नुहोस् ।’

प्रधानमन्त्री काकीले निर्वाचन तयारीबारे छलफल गर्न विभिन्न राजनीतिक दल, निर्वाचन आयोग तथा सुरक्षा निकायका प्रमुखहरूलाई बोलाएकी थिइन् । छलफलमा सबै पक्षले आ–आफ्ना धारणा राखेका थिए ।

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा