महेश बस्नेतको स्ट्याटस स्क्रिनसर्ट राखेर महावीरले लेखे : म ता हाँसेरै मर्छु की क्या हो !

काठमाडौं : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले नेकपा (एमाले) का नेता महेश बस्नेतमाथि कडा कटाक्ष गरेका छन् ।

महेश बस्नेतले अर्थमन्त्री रामेश्वर खनाल र ऊर्जामन्त्री कुलमान घिसिङले अनियमितता गरेको भन्दै लेखेको स्ट्याटस स्क्रिनसर्ट राखेर मन्त्री पुनले व्यंग्य गरेका हुन् ।

‘ऊर्जामन्त्री कुलमान घिसिङ र अर्थमन्त्री रामेश्वर खनालको ५ अर्ब घोटलाको सेटिङ’ भन्दै बस्नेतले लेखेका थिए, ‘बिजुलीको आन्तरिक खपत वृद्धि नभएको, भारतीय बजार सुनिश्चित नभएको, रन अफ दि रिभर आयोजनाको अनुपात बढ्न गई ऊर्जा सुरक्षामा जोखिम बढेको, सुख्खायाममा बिजुलीको अभाव र वर्षायाममा बिजुली खेर जाने अवस्था सिर्जना भएको र विद्युत प्राधिकरणको वित्तीय अवस्था ठीक नभएकोले ‘टेक अर पे’ मा पीपीए नगर्ने व्यवस्था बजेट वक्तव्य मार्फत अघिल्लो सरकारले गरेको थियो। यो दीर्घकालीन महत्वको नीतिगत निर्णय हो। तर, अहिले प्रवर्धकहरूसँग प्रतिमेगावाट १० लाख उठाउने गरी कुलमान र रामेश्वर खनालको डिजाइनमा ५ हजार मेगावाटको टेक अर पे पीपीए गर्ने प्रस्ताव अर्थ मन्त्रालयको सहमतिमा मन्त्रिपरिषद्बाट स्वीकृत गराउने तयारी छ। यसबाट करिब ५ अर्ब अर्थ संकलन र चुनावी खर्च जोहो गर्ने र यो काम फत्ते गरेपछि मात्र मन्त्रीबाट राजीनामा गर्ने कुलमानको योजना छ। यो निर्णयबाट विद्युत प्राधिकरण टाट पल्टने निश्चित छ।’

बस्नेतको यो आरोपप्रति मन्त्री पुनले मटाक्ष जनाएका हुन् ।

उनले लेखेका छन्, ‘के के न आफूहरुले साह्रै राम्रो काम गरेर नेपाललाई स्वर्ग जस्तै बनाएको र नेपाललाई अति सम्पन्न तथा भ्रष्टाचारमुक्त बनाए जस्तो कुरा गर्छ बा यो भाइले– म ता हाँसेरै मर्छु की क्या हो !’

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा