October 27, 2024, Sunday
KN hd tv

काठमाडौँ उपत्यकामा थपिए १४०३ जना कोरोना संक्रमित

काठमाडौँ – उपत्यकामा पछिल्लो २४ घण्टामा १ हजार ४ सय ३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाण्डुमा ९९६, ललितपुरमा ३०५ र भक्तपुरमा १०२ जना रहेका छन् ।

मंगलबार काठमाण्डु उपत्यकामा २१ सय २९ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । जसअनुसार काठमाण्डुमा १७४६, ललितपुरमा २१६ र भक्तपुरमा १६७ जना रहेका थिए ।

योसहित काठमाण्डु उपत्यकामा संक्रमितको संख्या ४७ हजार ९ पुगेको प्रवक्ता डा. गौतमले जानकारी दिए ।

शीर्ष समाचार

धेरै पढिएको