काठमाडौं – दक्षिण कोरिया जाने नेपाली कामदारका लागि खोपको व्यवस्था गरिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्धारा जारी सूचना अनुसार रोजगार वा अन्य सिलसिलामा दक्षिण कोरिया जाने नेपालीले नेपाल प्रहरी अस्पताल, महाराजगन्ज र सैनिक अस्पताल छाउनीमा कोरोना विरुद्धको जोनसन एण्ड जोनसन खोप लगाउने व्यवस्था गरिएको हो ।
मन्त्रालये खोप लगाउन जाँदा भिसा आएको खुल्ने पासपोर्ट लिएर जान पनि अनुरोध गरेको छ ।


