गैर आवासीय नेपाली संघ अष्ट्रीयाको अध्यक्ष पदमा भवानी तिवारीको उम्मेदवारी

अष्ट्रीया – गैर आवासीय नेपाली संघ (एनआरएनए अष्ट्रीया) को अध्यक्ष पदका लागि भवानी तिवारीले उम्मेदवारी दिएकी छन् ।

२००५ देखि नै गैर आवासीय नेपाली संघलाई अप्रतक्ष्य रुपमा मायाँ गर्दै आएकी तिवारी विदेशी भूमीमा सुरुवाती दिनहरुको संघर्षमयी अवास्था र अन्य संघ संस्थामा प्रतक्ष्य आवद्द रहेको कारणले गैर आवासीय नेपाली संघको कार्यसमिति भित्रै रहेर जिम्मेवारी लिएको थिइन ।

तिवारीले एकै कार्यकालमा धेरै संघ संस्थाहरुको जिम्मेवारी लिंदा आफुँले समय दिन नसक्ने र इच्छुक अन्य साथीहरुले पनि पदीय जिम्मेवारी लिएर काम गर्न बाट बन्चित हुँने हुँदा आफूले जिम्मेवारी लिनु पूर्व त्यस्ता सामान्य कुराहरुलाई पनि ख्याल गर्ने गरेको बताउँदै तीन दशकको भोगाई , अनुभव र मेहनतले गर्दा नै आज राष्ट्रिय समन्वय परिषद अष्ट्रीयाको अध्यक्ष पदमा जिम्मेवारी लिने साहस जुटाउन सफल भएको उनको भनाईछ ।

उनले भनिन् “आज म जहाँ छु आफन्त र परिवारहरुको साथ सहयोग र मेरो मेहनत, इमान्दारिता प्रति साथी भाईहरुले गर्नु भएको विश्वास नै हो।”

‘अष्ट्रीयाको शुन्दर र सानो नेपाली समाजलाई एउटा छुटै खालको पहिचान दिने इच्छा छ। यहाँको नेपाली समुदायको मर्म र भावनालाई कदर गर्दै मातृभूमि नेपालको लागि सक्दो साथ रहने छ। विभिन्न जाति , धर्म ,पेशा लिएर बसेको स्थानीय नेपाली समाज ,संघ संस्थाहरुलाई गोलबन्द गराएर चिसियाका र टाडिएका नेपाली नेपाली वीचको सम्वन्धलाई मजवुद बनाउँने प्रयास नै प्रमुख रहने छ। सांगठानिक र वैचारिक मतभेद बाहेक समाजमा हुने गरेका अनावस्यक रिस , डाह छोडेर सम्म एकता हुँन सक्दैन तब सम्म संस्था मजबुद नहुने हुँदा पहिलो आवस्यकता भनेको सम्बन्धमा सुधार र एकता हो। दोश्रो भनेको संस्थालाई सांगठानिक रुपमा भित्रै देखि मजबुद बनाउँन पर्ने जरुरी देखेको छु।’ – भवानी तिवारी

अजेण्डाहरु

१. अष्ट्रीयामा रहेका नेपाली समाज र संघ संस्थालाई गोलबद्द गराएर एकताको शुत्रमा गास्ने
२. संघ संघठनलाई सूचा रुपमा अघि बढाउँनका लागि आर्थिक अवस्थामा पनि बलियो हुँन जरुरी छ। नयाँ बन्ने कार्यसमिति ९विजयी पदाधिकारी ज्यूहरु० लगाएत अष्ट्रीयावासी अग्रज अभियान्ता ज्यूरुको सरसल्लाह , सहयोग र सहमतिमा नै एउटा कोषको स्थापना गर्ने ताकी कार्यकाल भर काम गर्न सहज वातावरण बन्न सकोस् र स्थानीय स्तरमा भैपरी आउँदा तत्कालै समस्या समाधान गर्न सकियोस्।
३ . कागजको पर्खाइमा रहेका नेपालीहरुलाई विशेष कार्यक्रम राखेर अन्तरक्रिया कार्यक्रम राखेर समस्याका समाधान खोजिने र सहयोगको लागि एउटा छुट्टै टीम तयार गर्ने र ल्ऋऋ को निगरानीमा जिम्मेवारी दिइने।
४. गैर आवासीय नेपाली संघको विधि र विधान तोके वमोजिम पदीय मर्यादामा रही पदाधिकारी ज्यूहरुले गर्नु पर्ने जिम्मेवारी छुट्याइने र कार्यकाल भर सोहि कार्यतालिका अनुसार जिम्मेवारी निभाउँने।
क. पदीय मर्यादा क्रमको ध्यान दिदै तीन उपाध्यक्षहरु , २ सचिवहरुको जिम्मेवारी छुट्टयाईने त्यसमा स्थानीय स्तर र केन्द्रिय स्तरको जिम्मा बारे सुरुवाती दिनमा नै प्रष्ट गराई काम गर्न सहज वातावरण सिर्जना गर्ने।
५. अष्ट्रीयाको नेपाली समुदायको आर्थिक अवास्था बलियो बनाउँनका लागि संस्थागत पहलका संगै अन्तर्राष्ट्रिय समन्वय परिषदमा आबद्द अग्रज अभियान्ता ज्यूहरु संग सहकार्य गर्न सक्रिय भूमिका निभाउँने। यहाँहरुको सरसल्लाह, सुझाव र सहयोगको लागि ह्रदय देखि धन्यवाद साथै हार्दिक आभार व्यक्त गर्दछु।
६. अष्ट्रीयामा अध्ययनका लागि आउनु भएका विद्यार्थीहरुलाई समेटेर अन्तरक्रिया गरेर समस्या पहिचान गर्न कोसिस गर्ने र समाधान तर्फ जोड दिने।
७. नेपाली कला सस्कृति र परम्परालाई जोगाउँने र संरक्षण सम्वर्धन गर्ने।

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा