बालिका करणी अभियोगमा एक पक्राउ

ललितपुर- सात वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कोन्ज्योसोम गाउँपालिका–१ चौघरेस्थित ठोस्ने खोला बस्ने ६६ वर्षीय फ्याङसिर घ्यावा रहेका छन् ।

घ्यावाले ती बालिकालाई ललाई फकाई जबरजस्ती करणी गरेको प्रहरीको दावी छ । पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा