October 18, 2026, Sunday
KN hd tv

नेपाल : १५ बुँदे सुझावसहित प्रचण्डलाई विश्वासको मत दिएका हौं

काठमाडौं– नेकपा एकीकृत समाजावादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई १५ बुँदे सुझावसहित विश्वासको मत दिएको प्रष्ट पारेका छन्। 

एकीकृत समाजवादीको विद्यार्थी संगठन अनेरास्ववियूले पार्टीबाट निर्वाचित सांसदहरूका लागि बुधबार राखेको सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले भने, ‘हिजो हामीले धेरै आशा अपेक्षा गरेर उहाँका (प्रधानमन्त्री प्रचण्ड) सामू १५ बुँदाहरु अगाडि सारेर व्याख्या गरेर १५ बुँदे सुझावसहित विश्वासको मत दिएका हौं।’

अध्यक्ष नेपालले राष्ट्रियतासहित जनजीविकाका, बेरोजगारीका समस्या, शिक्षा प्रणालीमा गर्नुपर्ने सुधार, स्वास्थ्य क्षेत्रको विकराल अवस्थाका र  विकास निर्माणका विषयवस्तुहरुको हल गर्नुपर्ने लगायतका सुझाव सरकारलाई पेस गरेको बताए।

उनले समाजवादको खाकासहितका विचार र सुझावसहितका १५ बुँदे सुझावसहित सरकारलाई विश्वासको मत दिएको दाबी गरे।

शीर्ष समाचार

धेरै पढिएको