October 17, 2026, Saturday
KN hd tv

उपत्यका छाड्नेको घुइँचो: दसैँ मनाउन एकै दिनमा ५६ हजारभन्दा बढी यात्रु बाहिरिए

काठमाडौँ । चाडपर्वको रौनकसँगै काठमाडौं उपत्यका छाड्ने यात्रुको लर्को लागेको छ । ट्राफिक प्रहरीको तथ्यांक अनुसार पछिल्लो एक दिनमा मात्र ५६ हजार ८ सयभन्दा बढी यात्रु विभिन्न नाका हुँदै उपत्यका बाहिरिएका छन् ।

नागढुंगा र भक्तपुर नाका हुँदै सबैभन्दा धेरै यात्रु बाहिरिएका छन् । दसैँमा घर जाने यात्रुको सुविधाका लागि यातायात व्यवसायीले थप गाडी सञ्चालन गरे पनि बिग्रिएको सडकका कारण यात्रा कष्टकर बनेको छ । गलौँदीमा पृथ्वी राजमार्ग भासिएपछि धेरै गाडी रोकिएका थिए ।

यात्रुको चाप बढेसँगै महासंघले सुरक्षित यात्राका लागि टिकट लिएर मात्र हिँड्न, बढी भाडा नतिर्न र गाडीको अवस्था जाँच गर्न अनुरोध गरेको छ ।

शीर्ष समाचार

धेरै पढिएको