September 28, 2023, Thursday
२०८० आश्विन ११, बिहीबार
KN hd tv

निर्वाचनका बेला जनतासङ्ग गरेका बाचाहरु पूरा गर्न कृयाशील छौं – विनोद चौधरी

नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवम् प्रतिनिधि सभा सदस्य विनोद चौधरीले चुनावका बेला जनताकाबीच गरिएका बाचाहरु कार्यान्वयन गर्न काम सुरु भइसकेको बताएका छन् । नवलपरासी (२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित काङ्ग्रेस नेता चौधरीले चुनाव सप्पन्न भएको एक महिनामै प्रतिवद्धता पूरा गर्न कामको सुरुवात भएको बताए ।

शनिबार बर्दघाटमा क्षेत्रीय कार्यसमितिले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा उनले भने, विभिन्न प्रतिकुलताकाबीच हामीले चुनाव जित्यौ । चुनावका बेला नेतारकार्यकर्ता र जनतासङ्ग यो क्षेत्रको विकास नै मेरो लक्ष्री हो भनेको थिए। यो एक महिनामै प्रतिवद्धता कार्यान्वयन गर्ने कामको थालनी भइसकेको छ ।
उनले निर्वाचन क्षेत्रको विकासको लागि स्पष्ट दृष्टिकोणसहित कार्ययोजना निर्माणको कार्य अन्तिकचरणमा रहेको जानकारी दिए । विकास भनेको सोच हो । काम गर्न सरकारमै हुनुपर्छ भन्ने छैन । हामी अहिले स्थानीय तहका जनप्रतिनिधि, नीजी क्षेत्र र विज्ञहरुसङ्ग छलफल गरेर विकासको खाका बनाउदैछौ, सांसद चौधरीले भने, हामी कुनै आग्रह र पूर्वाग्रह नगरी यो क्षेत्रको विकासका लागि क्रियाशील हुन्छौं ।
कार्यक्रममा नवलपरासी (२ को क्षेत्रीय कार्यसमितिका साथै प्रदेश क्षेत्रीय कार्यसमितिका पदाधिकारी र सदस्य सहभागी थिए ।

शीर्ष समाचार

धेरै पढिएको