क्रिकेट विश्वकप लिग-२: ओमानविरुद्ध मैदानमा उत्रिँदै नेपाल, ओडीआई मान्यता जोगाउन निर्णायक भिडन्त
काठमाडौँ । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत ओमानको भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज घरेलु टोली ओमानसँग प्रतिस्पर्धा गर्दैछ। अल अमेरात क्रिकेट मैदानमा हुने यो खेल नेपाली समयअनुसार बिहान ११:१५ बजे सुरु हुनेछ।
गत खेलमा क्यानडाविरुद्ध रोमान्चक जित निकालेको नेपाल आफ्नो ओडीआई मान्यता स्थायी रूपमा जोगाउन र अंकतालिकामा स्थिति बलियो बनाउन पूर्ण ऊर्जाका साथ खेल्नेछ। कप्तान रोहितकुमार पौडेलको शानदार शतकले टोलीको मनोबल उच्च बनाएको छ।
हाल २६ अंकसहित छैटौँ स्थानमा रहेको नेपाललाई आगामी खेलहरूमा पनि उत्कृष्ट प्रदर्शन गर्नुपर्ने दबाब कायम छ। ओमानविरुद्धको खेल नेपाली क्रिकेटप्रेमीका लागि अत्यन्तै रोमाञ्चक र महत्त्वपूर्ण हुनेछ।

प्रतिकृया दिनुहोस्