October 15, 2026, Thursday
KN hd tv

आजको मौसम : मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका पहाडी तथा हिमाली भेगका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा आंशिक बदलीसँगै क्षणिक वर्षा हुन सक्ने महाशाखाले जनाएको छ । उच्च हिमाली भेगमा हल्का हिमपातको पनि सम्भावना छ ।

तराईका अधिकांश भूभागमा भने मौसम मुख्यतया सफा रहनेछ । यात्रा तथा दैनिक काममा निस्कँदा मौसम अद्यावधिक हेर्न र आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

शीर्ष समाचार

धेरै पढिएको