March 23, 2023, Thursday
२०७९ चैत्र १०, शुक्रबार
KN hd tv

सांसद श्रेष्ठ : कांग्रेसले विश्वासको मत दिएर लोकतन्त्रको उपहास गर्‍यो

काठमाडौं– नेकपा एमालेका राष्ट्रिय सभा सदस्य भैरवसुन्दर श्रेष्ठले नेपाली कांग्रेसले सरकारलाई विश्वासको मत दिएर लोकतन्त्रको उपहास गरेको टिप्पणी गरेका छन्।

शुक्रबार राष्ट्रिय सभाको बैठकलाई सम्बोधन गर्दै  सांसद श्रेष्ठले सरकारसँग विश्वासको प्राप्त मत हुँदाहुँदै पनि विश्वासको मत दिएको भन्दै आपत्ति जनाए। 

सरकारलाई असफल पार्नका लागि विश्वासको मत दिएको उनको आरोप छ। उनले एमाले वामपन्थी सरकार बनाउन सफल भएको दाबी गरे।

सांसद श्रेष्ठले भने, ‘कांग्रेसले निकास दिन सक्दैन। शेरबहादुर देउवाजीले धोका दिनु भयो भन्ने लागिसकेपछि उहाँहरू अर्को गठबन्धनका लागि तयार हुनुभयो। त्यस कुरालाई एमालेले स्वीकार गरेर अहिले सातदलीय गठबन्धनको सरकार बनेको छ।’

शीर्ष समाचार

धेरै पढिएको