October 18, 2026, Sunday
KN hd tv

सत्ता गठबन्धनका नेताहरुबिच एमसीसी अनुमोदनपछीको पहिलो बैठक जारी

काठमाडौं –  प्रतिनिधिसभाबाट अमेरिकी सहयोग परियोजना एमसीसी अनुमोदनपछि पहिलोपल्ट सत्ता गठबन्धनको वैठक बसेको छ । प्रधननमन्त्रीको सरकारी निवास बालुवाटारमा अहिले सत्ता गठबन्धनमा आबद्ध दलका शीर्ष नेताहरूको बैठक जारी छ ।

विभिन्न देशमा राजदूत नियुक्तिसम्बन्धी छलफल बैठकको मुख्य एजेण्डा रहेको बालुवाटार स्रोतले जानकारी दिएको छ । यस्तै, गठबन्धन अब कसरी अघि बढ्ने भन्ने विषयमा बैठकमा गहन छलफल हुने बताइएको छ ।

बैठकमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव, कांग्रेस महामन्त्री गगन थापालगायत सहभागी छन् । शुरुवातमा सत्ता गठबन्धनमा पाँच दल रहेकामा राष्ट्रिय जनमोर्चा अलग भइसकेको छ । अहिले गठबन्धनमा चार दल छन् ।

शीर्ष समाचार

धेरै पढिएको