October 19, 2026, Monday
KN hd tv

संसदबाट एमसिसि पारित

नेपाल सरकार र अमेरीकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसिसि प्रतिनिधिसभाबाट बहुमतले पारित भएको छ । आज दोस्रो पटक बसेको संसद बैठकबाट बहुमतले एमसिसि पारित भएको हो । एमसिसिको पक्षमा सत्ता गठबन्धनमा आबद्ध दलले समर्थन गरेका छन् । लामो समयदेखी संसदमा बिचाराधिन रहेको एमसिसि दलहरुबीच लामो रस्साकस्सीका बीच पारित भएको हो । एमसिसिसँगै त्यसका सन्र्दभमा भएको १२ बुंदे ब्याख्यात्मक घोषणा पनि संसदले अनुमोदन गरेको छ । यसअघि आजै बसेको मन्त्रीपरिषद बैठकले एमसिसि माथि १२ बुंदे ब्याख्यात्मक घोषणा संसदमा पेश गर्ने निर्णय गरेको थियो । संसदमा एमसिसिको बारेमा बहस चलिरहँदा विपक्षी एमाले भने रोष्टम घेरेर नाराबाजी गरीरहेको थियो ।

शीर्ष समाचार

धेरै पढिएको