October 19, 2026, Monday
KN hd tv

एमसीसीको पक्षमा उभिने माओवादीको निर्णय, चार नेताको असहमति

काठमाडौं –  सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) ले अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौताको पक्षमा उभिने निर्णय गरेको छ ।

आज बिहान खुमलटारमा बसेको पूर्व स्थायी कमिटी सदस्यहरूको बैठकले प्रतिनिधिसभा बैठकमा टेबल भएको एमसीसी सम्झौता अनुमोदन गर्ने निर्णय गरेको हो । पार्टीले व्याख्यात्मक टिप्पणीसहित सम्झौता पारित गर्ने निणर्य गरेको नेता वर्षमान पुनले जानकारी दिए ।
व्याख्यात्मक टिप्पणीसहित मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पारित गर्ने गठबन्धनको तयारी नेकपा (माओवादी) केन्द्रका चार नेताले असहमति जनाएका छन् ।

यसबारे छलफल गर्न आइतबार बिहान केन्द्रीय कार्यालयको अनौपचारिक नेताहरुको बैठक बसेको थियो । बैठकमा नारायणकाजी श्रेष्ठ, गिरिराजमणि पोखरेल, लीलामणि पोखरेल र देव गुरुङले असहमति जनाएको पार्टी स्रोतले जानकारी दिएको छ ।
अमेरिकी सहायता सम्झौता एमसीसी संसदबाट अनुमोदन गराउने विषयमा सहमति गर्न आज आइतबार सत्ता गठबन्धनका चार दलका शीर्ष नेताबीच छलफल हुँदैछ ।

त्यसका लागि नेताहरू प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुग्ने क्रम शुरु भएको छ । आफ्नो निवास खुमलटारमा आयोजित पार्टीको पूर्वस्थायी कमिटी बैठक सकेर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भर्खर बालुवाटार पुगेका छन् । आज सत्ता गठबन्धनमा रहेका राष्ट्रिय जनमोर्चाबाहेक नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका शीर्ष नेताबीच एमसीसी अनुमोदनमा सहमाति गर्न लागिएको हो ।

शीर्ष समाचार

धेरै पढिएको