October 19, 2026, Monday
KN hd tv

बालुवाटारमा एमसीसीबारे सत्ता गठबन्धनको ‘निर्णायक’ बैठक शुरु

काठमाडौं –  सत्ता गठबन्धनमा आबद्ध पाँच दलका शीर्ष नेताहरूको आज (शुक्रबार) को बैठक शुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बसेको नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सचिवालयले जानकारी दिएको छ ।

अमेरिकी सहयोग परियोजना (एमसीसी), संसद्को अवरोधलगायत विषयमा छलफल गरेर निकास निकाल्न बैठक बसेको हो । यसअघि, बिहीबार बसेको गठबन्धनको बैठक विना निष्कर्ष टुंगिएको थियो । आज दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बस्दै छ । त्यसअघि एमसीसीलगायत विषयमा सहमतिमा पुग्न नेताहरू छलफलमा जुटेका हुन् ।

शीर्ष समाचार

धेरै पढिएको