योगेश भट्टराई अन्तिम मतदाता

काठमाडौं : नेकपा एमालेको नयाँ नेतृत्व चयनका भएको मतदानमा उपमहासचिव पदका उम्मेदवार योगेश भट्टराईले अन्तिममा मतदान गरेका छन् ।

बिहीबार विहान मतदान सकिनुअघि योगेशले सामाजिम सञ्जालबाट आफू अन्तिम मतदाता रहेको जानकारी दिएका हुन् ।
मतदान सकिइसकेको छ ।

बिहीबार बिहान पौने ६ बजेतिर उनले फेसबुकमा लेखेका छन्, ‘म अन्तिम मतदाता !’

काठमाडौंको भृकुटीमण्डपमा बुधबार बिहान सवा ९ बजेदेखि सुरु भएको मतदान योगेशले मत खसालेसँगै सकिएको हो ।

सुरुमा अध्यक्षका प्रत्यासीद्वय केपी शर्मा ओली र ईश्वर पोखरेलले मतदान गरेका थिए ।

एमाले केन्द्रीय निर्वाचन आयोगका सचिव डा कुन्साङ लामाका अनुसार कुल २ हजार २६३ महाधिवेशन प्रतिनिधि मतदातामध्ये ३६ जनाले मत खसालेनन् ।

जारी महाधिवेशनमा केपी शर्मा ओली र ईश्वर पोखरेल प्यानलसहित अध्यक्ष पदका लागि चुनावी मैदानमा छन्।

योगेश ईश्वर समूहबाट उपमहासचिव पदमा उठेका हुन्।

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा