जनकपुरधाम, चैत २६ – प्रधानमन्त्री केपी शर्मा ओलीले मधेसलाई ज्ञान, तपस्या र शास्त्रार्थको देवभूमि भन्दै यस भूमिमा पाइला टेक्दा विशेष अनुभूति भएको बताएका छन्।
संघीय संरचनामा मुलुक अघि बढेपछि मधेस प्रदेशलाई नेपालका एक महत्त्वपूर्ण प्रदेशको रूपमा व्याख्या गर्दै उनले यस प्रदेशको भूमिका र योगदानलाई उच्च सम्मान जनाए। “मधेस प्रदेशले संघीय व्यवस्था स्थापनाका लागि अग्रणी भूमिका खेलेको छ र यो व्यवस्था बचाउन पनि अग्रमोर्चामा उभिएको छ,” उनले भने।
प्रधानमन्त्री ओलीले परिपूर्ण लोकतन्त्रको पक्षमा प्रतिबद्धता व्यक्त गर्दै अधिकार वितरणको पक्षमा आफूहरू उदार रहेको स्पष्ट पारे। “हामी परिपूर्ण लोकतन्त्रका पक्षमा प्रतिबद्ध छौँ,” उनले भने।
प्रणालीको वास्तविक अनुभूति जनतालाई दिलाउनुपर्नेमा जोड दिँदै उनले भने, “जनताले आफ्नो जीवनशैलीमा लोकतन्त्रको प्रभाव महसुस गर्न सक्नुपर्छ, अन्यथा प्रणालीप्रति वितृष्णा फैलिन्छ र प्रणालीलाई अस्वीकार गरिन्छ।”
4o min

