संघ, प्रदेश र स्थानिय तह समन्वय तथा अन्तर सम्बन्ध राष्टिय परिषदको सदस्यमा नीलकण्ठ नगरपालिकाका प्रमुख भीम प्रसाद ढुंगाना नियुक्त भएका छन् । स्थानिय तहमा लामो समय जनप्रतिनिधि भएर काम गरेका ढुंगानालाई प्रधानमन्त्रीको अध्यक्षतामा हुने राष्टिय परिषदमा प्रधानमन्त्री पुष्पकमल दाहालले नियुक्त गरेका हुन् । धादिङ जिल्ला सदरमुकामस्थित नीलकण्ठ नगरपालिकामा दोस्रो कार्यकालका लागि प्रमुख बनेका ढुंगाना नगरपालिका संघको पनि केन्द्रीय अध्यक्ष छन् । संविधानमा नै संघ, प्रदेश र स्थानिय तहबीच सिमा, प्रकृतिक स्रोतको उपभोग लगायतका विषयमा समस्य भए यही परिषदले टुंग्याउने व्यवस्था छ । ढुंगाना लामो समय देखी सडक बोर्डको सदस्य छन् भने पछिल्लो समय नगर विकास कोषमा पनि कार्यकारी सदस्य छन् ।
राष्ट्रिय परिषद सदस्यमा ढुंगाना चयन
Next article

