आज  केही स्थानहरूमा हल्का वर्षा वा हिमपातको सम्भावना

काठमाडौं : आज देशका विभिन्न भू–भागमा आंशिकदेखि सामान्य बदली रहने देखिएको छ भने तराईका अधिकांश क्षेत्रमा मौसम प्रायः सफा रहने अनुमान गरिएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेशको पहाडी भू–भाग तथा बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रमा सामान्य बदली रहनेछ। अन्य पहाडी तथा हिमाली क्षेत्रमा भने आंशिक बदली रहने जनाइएको छ। यस क्रममा केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा वा हिमपातको सम्भावना रहेको छ।

रातिको समयमा पनि मौसमको अवस्था धेरै फरक नहुने अनुमान गरिएको छ। कोशी र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा सामान्य बदली रहनेछ भने लुम्बिनी र सुदूरपश्चिमसहित अन्य पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ। तराई क्षेत्रमा भने राति पनि मौसम मुख्यतया सफा रहनेछ।

हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्ने सम्भावना रहेको जनाइएको छ। मौसमविद्हरूले विशेषगरी उच्च पहाडी तथा हिमाली क्षेत्रमा यात्रा गर्नेहरूलाई आवश्यक सावधानी अपनाउन आग्रह गरेका छन्।

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा