नेवार समुदायको यःमरी अभौतिक सांस्कृतिक सम्पदामा सूचीकरण

काठमाण्डौ – संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेवार समुदायको यःमरीलाई अभौतिक सांस्कृतक सम्पदाको सूचीमा सूचीकरण गरेको छ । आवश्यक सबै प्रक्रिया पूरा भएको आधारमा ललितपुरका नेवार समुदायले दिएको आवेदन अनुसार यःमरिलाई अभौतिक सांस्कृतिक सम्पदाको रूपमा आधिकारिक रूपमा सूचीकरण गरेको हो ।

मन्त्रालयको आह्वानमा परेका १ सय ५ आवेदनमध्ये विधि पूरा गरेको एकमात्र यःमरी सूचीमा परेको हो । अभौतिक सम्पदा सूचीकरण तथा व्यवस्थापन कार्यविधि २०७९ अनुसार मूल्याङ्कन तथा सिफारिस समितिको सुझावमा यो निर्णय गरिएको मन्त्रालयले जनाएको छ ।

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा