युद्ध अन्त्य गर्न माग गर्दै गाजावासीहरू हमासविरुद्ध प्रदर्शनमा उत्रिए

काठमाडौँ — इजरायल-हमास युद्धका कारण गाजा सहरमा उत्पन्न भएको विनाशका बीच हजारौँ प्यालेस्टाइनी नागरिकहरूले लगातार दोस्रो दिन शान्तिपूर्ण जनप्रदर्शनमा भाग लिएका छन्।

अमेरिकी समाचार संस्था एसोसिएटेड प्रेस (एपी)का अनुसार, प्रदर्शनकारीहरूले १७ महिनादेखि जारी इजरायलसँगको युद्ध अन्त्य गर्न र हमासविरुद्ध नाराबाजी गरेका हुन्। प्यालेस्टाइनका नागरिकहरूले सार्वजनिक रूपमा हमासविरुद्ध नाराबाजी गर्ने काम दुर्लभ र असाधारण मानिन्छ।

प्रदर्शन मुख्यत: गाजाको उत्तरी क्षेत्रमा केन्द्रित भएको बताइएको छ। मंगलबारदेखि सुरु भएको प्रदर्शनमा बुधबार लगभग ३,००० जना सहभागी भएका थिए। गाजा सहरको शिजायाह क्षेत्रमा पनि दर्जनौँ पुरुषहरूले प्रदर्शनमा भाग लिएका थिए र “हमास, गेट आउट!” भन्दै नारा लगाए।

प्रारम्भमा केही दर्जन मानिसहरूले युद्धविरोधी प्रदर्शन गरेपछि, २,००० भन्दा बढी मानिसहरू सामेल भई हमासविरुद्ध नारा लगाएका थिए।

यसअघि, हमासले यस्ता प्रदर्शनहरूमा हिंसात्मक दमन गरेको थियो, तर यसपटक भने कुनै खुला हस्तक्षेप गरिएको छैन। हमासका वरिष्ठ अधिकारी बासेम नाइमले फेसबुकमा जनतालाई प्रदर्शन गर्ने अधिकार रहेको बताउँदै, उनीहरूको ध्यान इजरायलमा केन्द्रित हुनु आवश्यक रहेको बताएका छन्।

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा