काठमाण्डाै – वरिष्ठ वन अधिकृतमाथिको भ्रष्टाचार मुद्दामा प्रतिकूल बकपत्र गर्ने सरकारी साक्षीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
वरिष्ठ वन अधिकृत पूर्णशङ्कर यादवले घुस लिइ भ्रष्टाचार गरेको मुद्दामा सरकारी साक्षीहरू कैलालीको चुरे गाउँपालिका–६ बस्ने प्रेमसिंह ठगुन्ना र कैलालीकै गोदावरी नगरपालिका–२ बस्ने किसनसिंह साउदविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
उनीहरूले अदालतसमक्ष बकपत्र गर्दा आयोगमा दिएको बयान भन्दा फरक देखिएको अख्तियारको आरोपपत्रमा उल्लेख छ ।
अख्तियारले प्रेमसिंह र किसनसिंहले वरिष्ठ वन अधिकृत यादवलाई ७ लाख ३१ हजार रुपैयाँ घुस दिएको पुष्टि भएको भन्दै उनीहरूविरुद्ध घुस रकम बराबर बिगो मागदाबी गरेको छ ।

