चोरी गरेरै काठमाडौँमा घर, दुई मोटरसाइकलसहित पक्राउ

काठमाडौँ : जेनजी प्रदर्शनका क्रममा जेलबाट भागेका रोहित खड्गी शाहीलाई प्रहरीले चोरीका दुई मोटरसाइकलसहित पुनः पक्राउ गरेको छ।

शाहीलाई प्रहरी वृत्त सोह्रखुट्टेको विशेष टोलीले शनिबार पक्राउ गरेको हो । उनी सुनधारास्थित केन्द्रीय कारागारमा चोरी मुद्दामा थुनामा थिए ।

काठमाडौँ महानगरपालिका–१८, नरदेवी बस्ने शाही पटके ‘चोर’ हुन् । उनी पहिले पनि पटक–पटक पक्राउ भइसकेका थिए । पछिल्लो पल्ट कारागारबाट भागेपछि प्रहरी उनको खोजतलासमा लागेको थियो ।

सूचनाका आधारमा प्रहरी टोली उनलाई काठमाडौँको तारकेश्वरबाट पक्राउ गरेको हो। त्यहाँ उनीसँगै दुई शङ्कास्पद मोटरसाइकल फेला परे। अनुसन्धानमा ती दुवै मोटरसाइकल चोरीको भएको खुल्यो।

प्रहरीका अनुसार एउटा मोटरसाइकल भक्तपुरबाट र अर्को मोटरसाइकल काठमाडौँको मित्रनगरबाट चोरी गरिएको थियो।

२२ वर्षका शाही २१ पटक चोरी आरोपमा पक्राउ परिसकेका छन् । अनुसन्धानका क्रममा शाहीले चोरी गरेर काठमाडौँको टोखामा घर घडेरी समेत किनेको खुलेको छ । प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा