एमालेको उपमहासचिवमा लेखराज, रघुवीर र योगेश निर्वाचित

काठमाडौँ : नेकपा एमालेको उपमहासचिवमा लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराई विजयी भएका छन् ।

लेखराज भट्टले १४५२, रघुवीर महासेठले १३६८ र योगेस भट्टराई १३४८ मत ल्याएर विजयी भएका हुन् ।

भट्ट र महासेठ केपी शर्मा ओली प्यानलबाट विजयी भएका हुन् भने भट्टराई ईश्वर पोखरेलको प्यानलबाट निर्वाचित भएका हुन् ।

उनीहरूपछि विष्णुप्रसाद रिमालले एक हजार ९१, आनन्दप्रसाद पोख्रेलले ६३५, वैजनाथ चौधरीले ५१७ मत प्राप्त गरे । उनीहरू पराजित भए ।

अन्तिम नामावली प्रकाशन गरिसकेपछि उमेदवारी फिर्ताको घोषणा गरेका राजेन्द्रप्रसाद गौतमले २७० मत पाएका आयोगले जनाएको छ । निर्वाचितमध्ये भट्ट र महासेठ ओली प्यानलका हुन् । भट्टराई पोखरेल प्यानलका हुन् ।

तीन उपमहासचिव पदका निम्ति सातजना चुनावी प्रतिस्पर्धामा थिए ।

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा