विश्वासको मत नपाउने भएपछि मधेशका मुख्यमन्त्रीले दिए राजीनामा

काठमाडौँ : मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत नपाउने अवस्था बनेपछि राजीनामा दिएका छन्।

बुधबार बसेको प्रदेशसभा बैठकमा उनले राजीनामा घोषणा गरेका हुन्। विश्वासको मतका लागि आज बिहान साढे ८ बजे बैठक बोलाइएको थियो। तर मुख्यमन्त्री यादव स्वयं उपस्थित नभएपछि बैठक स्थगित भएको थियो।

दिउँसो पुनः बसेको बैठकमा उनले पदबाट हट्ने घोषणा गरे । सर्वोच्च अदालतले सोमबार साँझ २४ घण्टाभित्र विश्वासको मत लिनुपर्ने भन्दै परमादेश जारी गरेको थियो।|

कात्तिक २३ को मितिमा मुख्यमन्त्री नियुक्त एमाले मधेस प्रदेश संसदीय दलका नेता यादवले कात्तिक २४ को बिहान महोत्तरीको बर्दिबासस्थित एक होटलमा शपथ लिएका थिए।

तत्कालीन प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीबाट मुख्यमन्त्री नियुक्त भएको पत्र पाएर उनले शपथ लिएका थिए। उनलाई प्रदेश प्रमुख भण्डारीले संविधानको धारा १६८ को ३ अनुसार मुख्यमन्त्री नियुक्त गरेपछि ७ दलका सांसदहरू सर्वोच्च अदालत गएका थिए।

उपसभामुख बबिताकुमारी राउत इशरले सदनलाई सम्बोधन सहित विश्वासको मत प्राप्त गर्ने प्रस्ताव पेस गर्न मुख्यमन्त्री यादवलाई समय दिएकी थिइन्।

त्यसक्रममा बोल्दै मुख्यमन्त्री यादवले संघीयतामा दलहरूको आचरण जनताले पचाउने खालको हुनुपर्ने भन्दै कांग्रेस सहितका विपक्षी दलहरूप्रति रोष प्रकट गरे।

दलहरूले प्रदेश प्रमुखको कार्यालय घेरेका कारण आफूले होटलमा शपथ लिनुपरेको बताएका थिए।

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा