ओलीविरुद्ध बोलेपछि द्वारिकलाल चौधरीलाई एमालेले गर्‍यो कारबाही

विराटनगर : नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध अभिव्यक्ति दिएका इटहरी उपमहानगरपालिका पूर्वप्रमुख तथा एमाले कोसी प्रदेश सदस्य द्वारिकलाल चौधरी पार्टीबाट निलम्बित भएका छन् ।

कोसी प्रदेश कमिटीको बैठकले प्रदेश कमिटी सदस्य चौधरीलाई ६ महिनाका लागि निलम्बन गरेको हो । उनलाई सचेत गराउँदासमेत अटेर गरेपछि निलम्बन गरिएको प्रदेश अध्यक्ष घनश्याम खतिवडाले जानकारी दिए ।

२०७४ सालमा एमालेबाट इटहरीको मेयरमा निर्वाचित चौधरी २०७९ सालको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन अघि माओवादी केन्द्र प्रवेश गरेका थिए ।

माओवादी केन्द्रबाट चौधरी सुनसरी निर्वाचन क्षेत्र २ (१) बाट उम्मेदवार बनेका उनी चुनाव हारेपछि एमालेमा नै फर्किए । एमालेमा फर्किएपछि उनले अध्यक्ष केपी शर्मा ओलीकाविरुद्ध बोल्ने गरेका थिए ।

यस्तै, ओलीविरुद्ध सामाजिक सञ्जालमा लेखेका प्राडा बद्रीविशाल पोखरेललाई पनि प्रदेश कमिटीले स्पष्टीकरण सोधेको छ । उनलाई कारबाहीका लागि जिल्ला कमिटीले सिफारिस गरेको थियो ।

यस्तै, पार्टी हित विपरीत कार्य गरेको भन्दै प्रदेश समिति सल्लाहकार झापाका मनोरथ तिवारी निलम्बनमा परेका छन् भने काशीनाथ दंगाललाई पनि स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।

बैठकले धर्म छोरीका रुपमा पालेकी छोरीलाई जवरजस्ती करणी गरेको मुद्दा खेपिरहेका एमाले प्रदेश कमिटी सल्लाहकार तथा विर्तामोड नगरपालिकाका पूर्वप्रमुख ध्रुव सिवाकोटीलाई जिम्मेवारीबाट मुक्त गर्ने निर्णय गरेको छ ।

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा