सुनको भाउ एकैदिन ८ हजार १०० ले बढ्यो : तोलाको २ लाख ४८ हजार ५०० पुग्यो

काठमाण्डौ – आज सुनचाँदीको भाउमा कीर्तिमान कायम भएको छ । सुनको भाउ एकैदिन आठ हजार एक सय रुपैयाँले बढेर तोलाको दुई लाख ४८ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यो अहिलेसम्मकै उच्च हो । हिजो सुनको भाउ तोलाको दुई लाख ४० हजार चार सय रुपैयाँ थियो ।

आज चाँदीको भाउमा पनि कीर्तिमान कायम भएको छ । चाँदीको भाउ एकैदिन एक सय पाँच रुपैयाँले बढेर तोलाको तीन हजार तीन सय २५ रुपैयाँ पुगेको महासङ्घले जनाएको छ । चाँदीको भाउ पनि अहिलेसम्मकै उच्च हो । हिजो चाँदीको भाउ तोलाको तीन हजार दुई सय २० रुपैयाँ थियो ।

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा