मोरङ, चैत २६ – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले अब राजतन्त्रको कुनै औचित्य नरहेको स्पष्ट पारेका छन्।
विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले भने, “औचित्य समाप्त भइसकेको राजतन्त्र फर्काउने दिवा स्वप्न देख्न छाड्नुपर्छ।”
पूर्वराजा ज्ञानेन्द्र शाहकै सहमतिमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था लागू भएको स्मरण गराउँदै अध्यक्ष नेपालले पछाडि फर्कने प्रयासको कुनै तुक नरहेको बताए।
संविधान संशोधन आवश्यक रहेको उल्लेख गर्दै उनले यस विषयमा छलफल चलिरहेको जनाए। साथै, तत्काल नेकपा एमालेसँग पार्टी एकताको सम्भावना नरहेको पनि स्पष्ट पारे।

