काठमाडौं । प्रेस चौतारी नेपाल मधेश प्रदेश कमिटीको अधिवेशनले लालबाबु शेखको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ।
कमिटीको उपाध्यक्षमा गौतम श्रेष्ठ र भवानी सुवेदी निर्वाचित भएका छन्। महासचिवमा दिवाकर भण्डारी सर्वसम्मत चयन भएका छन् भने सचिवमा ग्यासु मिया देवान, जीवनारायण झा, अनिरुद्र ठाकुर, राकेश यादव, धनवीर महतो र श्याम कुशवाहा निर्वाचित भएका छन्।
कोषाध्यक्षमा जितेन्द्र शाह चयन भएका छन्। सदस्यहरूमा पिन्टू यादव, गणेशप्रसाद खरेल, अमृता सिंह, शेखर छतकुली, कन्हैया गुप्ता, सफल खतिवडा, देवेन्द्र यादव, राधेश्याम पटेल, ललनकुमार साह, युवराज खडका, आसिक अन्सारी, सुरेशप्रसाद आचार्य, सङ्गीता सिवाकोटी, भोला यादव, धर्मेन्द्र चौरसिया, गौरी न्यौपाने, विना राउत र शम्भु प्रसाद महतो निर्वाचित भएका छन्।
