पूर्वराजामाथि सांसद शर्माको आरोप: ‘वंश विनाश गर्नेले नै राजा फर्काउने नाटक गरिरहेका छन्’

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का सांसद जगप्रसाद शर्माले पूर्वराजा ज्ञानेन्द्र शाहलाई वंश विनाश गरेको आरोप लगाएका छन्। राष्ट्रिय सभाको आइतबारको बैठकमा बोल्दै उनले पूर्वराजामाथि निशाना साध्दै, “वंश विनाश गर्नेले नै अहिले राजा फर्काउने नाटक मञ्चन गरिरहेका छन्,” भने।

शर्माले नेपालमा राजतन्त्र अन्त्य लामो संघर्षपछि मात्र सम्भव भएको उल्लेख गर्दै भने, “विश्वका धेरै देशहरूमध्ये नेपालमा सबैभन्दा लामो समय लगाएर, कठिन संघर्षपछि निरंकुश राजतन्त्र हटाइएको हो। तर अहिले केही प्रतिगामी शक्तिहरू राजा फर्काउने प्रयास गर्दैछन्।”

उनले संविधान र गणतान्त्रिक व्यवस्थाविरोधी गतिविधि बढिरहेको बताउँदै सरकार त्यसलाई नियन्त्रण गर्न नसकेकोप्रति असन्तुष्टि जनाए। “अराजक गतिविधिहरू भइरहेका छन्, तर सरकारले नियन्त्रण गर्न सकेको छैन। सरकारले प्रतिपक्षको आवाज पनि सुन्नुपर्ने हो,” उनले भने।

शर्माले बजेट कार्यान्वयन कमजोर रहेको र पुँजीगत खर्च न्यून हुँदा आर्थिक अवस्था प्रभावित भइरहेको उल्लेख गर्दै सरकारले राष्ट्रिय सहमति खोज्नुपर्ने आवश्यकता औंल्याए।

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा