अमेरिकी मध्यावधि चुनावमा डेमोक्र्याट महिलाहरूको कीर्तिमानी जित, सिनेट र प्रतिनिधिसभामा पकड

वासिङ्टन डीसी । अमेरिकाको मध्यावधि निर्वाचनमा डेमोक्रेटिक पार्टीका महिला उम्मेदवारहरूले ऐतिहासिक सफलता हासिल गरेका छन् । लामो समयदेखि रिपब्लिकन पार्टीको पकड रहँदै आएका टेक्सस, ओहायो र साउथ क्यारोलिनालगायतका राज्यहरूमा महिला उम्मेदवारहरूले अप्रत्याशित जित निकालेका हुन् ।

सार्वजनिक भएको पछिल्लो चुनावी नक्सा र मतपरिणाम अनुसार अमेरिकी सिनेटमा डेमोक्रेटिक पार्टीले ५४ सिट सुरक्षित गर्दै बहुमत कायम राखेको छ । रिपब्लिकन पार्टीले ७ सिट गुमाउँदै ४४ सिटमा चित्त बुझाउनुपरेको छ भने दुई स्वतन्त्र सिनेटरले पनि डेमोक्र्याट गठबन्धनलाई साथ दिएका छन् ।

गभर्नरदेखि सिनेटसम्म ऐतिहासिक रेकर्ड :
टेक्ससमा डेमोक्रेटिक उम्मेदवार जिना हिनोजोसाले १२ वर्षदेखि गभर्नर रहेका रिपब्लिकन नेता ग्रेग एबटलाई पराजित गर्दै राज्यकै पहिलो हिस्पानिक गभर्नर बन्ने इतिहास रचेकी छन् । यसैगरी, ओहायोमा पूर्वस्वास्थ्य निर्देशक एमी एक्टन दुई दशकपछि डेमोक्र्याटको तर्फबाट पहिलो महिला गभर्नर बन्न सफल भएकी छन् ।

साउथ क्यारोलिनामा बालरोग विशेषज्ञ एनी एन्ड्र्युजले तीन दशक लामो रिपब्लिकन विरासत भत्काउँदै राज्यको पहिलो महिला सिनेटर बन्ने गौरव प्राप्त गरेकी छन् । क्यालिफोर्नियामा जेभियर बेसेरा पहिलो निर्वाचित ल्याटिनो गभर्नर बन्ने निश्चित भएको छ । साथै प्रतिनिधिसभामा डेमोक्र्याटको अग्रतासँगै हाकिम जेफ्रिज अमेरिकी इतिहासकै पहिलो अश्वेत सभामुख बन्ने सम्भावना बलियो बनेको छ ।

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा