नेपाल मजदुर किसान पार्टीको आठौं महाधिवेशन आज नयाँ नेतृत्व चयन गर्दै सम्पन्न हुनेछ

काठमाडौं। नेपाल मजदुर किसान पार्टीको आठौं महाधिवेशन आज (मंगलबार) नयाँ नेतृत्व चयन गर्दै सम्पन्न हुने भएको छ। पार्टीका विभिन्न प्रतिवेदनमाथि छलफल जारी रहनाले महाधिवेशन एक दिन लम्बिएको हो।

महाधिवेशनमा ५० जिल्लाका करिब तीन सय प्रतिनिधि सहभागी छन्। नेपाल मजदुर किसान पार्टीको स्थापना २०३१ माघ १० गते अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) को नेतृत्वमा भएको थियो। सातौं महाधिवेशनसम्म पार्टी संस्थापक बिजुक्छेंलाई नै सर्वसम्मत अध्यक्ष चयन गर्दै आएको छ।

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा