काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद् हेरफेर गरेका छन् । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहको सिफारिसमा मन्त्रीहरूको मर्यादाक्रम परिवर्तन गरिएको हो।
चैत १३ गते मन्त्रिपरिषद् गठन हुँदा तेस्रो वरीयतामा रहेका गृहमन्त्री सुधन गुरुङ मर्यादाक्रम हेरफेरपछि पाँचौँ स्थानमा पुगेका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले चैत २४ गते मर्यादाक्रम परिवर्तन गरेका हुन्।
अर्थमन्त्री स्वर्णिम वाग्लेको वरीयता दोस्रो स्थानमै कायम छ। यसअघि चौथो स्थानमा रहेका परराष्ट्रमन्त्री शिशिर खनाल तेस्रो स्थानमा उक्लिएका छन्। चौथो स्थानमा रहेका भौतिक पूर्वाधार मन्त्री सुनिल लम्साल भने अहिले छैटौँ स्थानमा पुगेका छन्। यसअघि छैटौँ स्थानमा रहेका ऊर्जामन्त्री विराजभक्त श्रेष्ठको वरीयता अहिले चौथो नम्बरमा कायम गरिएको छ।
पर्यटनमन्त्री खडक राज पौडेल, जो यसअघि सातौँ स्थानमा थिए, अहिले १२औँ स्थानमा झरेका छन्। शिक्षा मन्त्री सस्मित पोखरेलको वरीयता आठौँबाट ११औँ स्थानमा पुगेको छ। स्वास्थ्यमन्त्री निशा मेहता नौौँ स्थानबाट दशौँमा झरेकी छन् भने यसअघि दशौँ स्थानमा रहेका डा. विक्रम तिमल्सिना अहिले १३औँ स्थानमा पुगेका छन्।
संघीय मामिला मन्त्री प्रतिभा रावल ११औँ स्थानबाट नवौँमा उक्लिएकी छन्। कानुनमन्त्री सोविता गौतम १२औँ स्थानबाट सातौँमा पुगेकी छन्। कृषि मन्त्री गीता चौधरी १३औँबाट १४औँ स्थानमा झरेकी छन्। यसअघि १४औँ स्थानमा रहेका श्रममन्त्री दीपक साह अहिले अन्तिम वरीयतामा पुगेका छन्।
हेरफेरपछि मन्त्रीहरूको नयाँ मर्यादाक्रम यस्तो छ :-
-1775545779(1).jpg)

