विवादका बीच कांग्रेसको कार्यसम्पादन समिति बैठक पुनः बोलाइयो

काठमाडौँ : नेपाली कांग्रेसले पुनः कार्यसम्पादन समिति बैठक डाकेको छ।

गत शुक्रबारको बैठकले पार्टीको १५औँ महाधिवेशनको मिति सारेको थियो । यही पुस २६–२८ मा हुने भनिएको महाzधिवेशन वैशाख २८–३१ मा गर्ने निर्णय गरिएको थियो। सोही निर्णयसँगै केन्द्रीय समितिको म्याद पनि जेठ मसान्तसम्म थपिएको थियो।

तर, गत असोज २९ मा दर्ता भएको विशेष महाधिवेशनको प्रस्तावका आधारमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा लगायतले पुस २७ र २८ मा विशेष महाधिवेशन गराएरै छाड्ने अडान राखेका छन्।

सो अडानबारे निर्णय गर्न पुनः कार्यसम्पादन समिति बैठक बोलाइएको हो। पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले सोमबार दिउँसो १ बजे उपस्थित हुन पदाधिकारी र कार्यसम्पादन समिति सदस्यहरूलाई सूचित गरेका छन् ।

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा