काठमाडौं — नेपाल प्रहरीका १५ जना अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ। प्रहरी प्रधान कार्यालयमा आयोजित विशेष समारोहमा प्रहरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरले पदोन्नति भएका प्रहरी अधिकृतहरूलाई दर्ज्यानी चिन्ह प्रदान गर्नुभयो।
मन्त्रिपरिषद्को २०८१ फागुन २१ गतेको निर्णयअनुसार प्रहरी नायव महानिरीक्षकबाट प्रहरी अतिरिक्त महानिरीक्षकमा १ जना, गृह मन्त्रालय सचिवस्तरको निर्णयअनुसार प्राविधिक प्रहरी निरीक्षकबाट प्राविधिक प्रहरी नायव उपरीक्षकमा १ जना र प्राविधिक प्रहरी वरिष्ठ नायव निरीक्षकबाट प्राविधिक प्रहरी निरीक्षकमा १३ जना गरी कुल १५ जनाको पदोन्नति भएको हो।
दर्ज्यानी चिन्ह प्राप्त गर्नेमा प्रहरी अतिरिक्त महानिरीक्षक जनक भट्टराई, प्राविधिक प्रहरी नायव उपरीक्षक डा. बिदुर प्रसाद आचार्य तथा प्राविधिक प्रहरी निरीक्षकहरू चन्द्रकला शर्मा सुवेदी, सगुन लोहला, उमेश कुमार चौधरी, राजकुमार श्रेष्ठ, बुद्धिमान दोङ (तामाङ), श्याम बहादुर बलायर, हरि बहादुर थापा, अशोक कुमार गुप्ता, नारायण कुमार योगी, काजीमान लामा, कुबेर न्यौपाने, लोकेन्द्र सिंह धामी र सन्तोष थापा मगर छन्।
समारोहलाई सम्बोधन गर्दै आईजीपी कुँवरले पदोन्नति प्राप्त गरेका प्रहरी अधिकृतहरूलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो।
