काठमाडौं – आईसीसी विश्वकप छनोटअन्तर्गत आज नेपालले आफ्नो दोस्रो खेल अमेरिकासँग खेल्ने छ । खेल नेपाली समय अनुसार अपराह्न १२ः४५ बाट जिम्बाब्वे राजधानी हरारेस्थित टागासिंगा स्पोर्टस् क्लबमा सुरु हुने छ ।
यस भन्दा अगाडिको खेल उत्कृष्ट ब्याटिङ गरे पनि बलिङ नचल्दा जिम्बाब्वेसँग ८ वीकेट पराजित भएको थियो । नेपालले आजको खेल जित्न पर्ने दबाव रहेको छ । भने अमेरिकाको लागि पनि जित्ने पर्ने चुनौती रहेको छ । अमेरिकाले आफ्ना पहिलो खेलमा वेस्ट इन्डिजसँग पराजित भोगेको थियो । खाजको खेलमा नेपालविरुद्ध अमेरिका पनि पहिलो जित निकाल्ने लक्षका साथ मैदानमा उत्रिने छ ।

