काठमाण्डौं – नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा नेरुडे लघुवित्त वित्तीय संस्थाको सेयर सूचीकृत भएको छ।
संस्थाको १३ लाख २० हजार कित्ता बोनस सेयर सूचीकृत भएको हो । संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट २२ प्रतिशत बोनस सेयर वितरण गरेको थियो।
सोही वितरण गरेको बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो।
