कोरोनाबाट थप एकजनाको मृत्यु, १०४ संक्रमित थपिए


काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ । यही अवधिमा थप १०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

एक हजार ६३२ नमुनामध्‍ये परीक्षण गर्दा १०४ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

योसँगै नेपालमा कोरोनाका सक्रिय संक्रमितको संख्या ३७९ जना पुगेको छ ।

काठमाडौंका अस्पतालमा आजसम्म ३४ जना अस्पतालमा भर्ना भएका छन् । तीमध्ये सातजना आईसीयू र तीनजना भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा