मेयर शाहलाई गृहमन्त्रीको जवाफ : बिना कारण बल प्रयोग गर्न अनुरोध मात्रै गरेर हुँदैन

चितवन – उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले कामको औचित्य पुष्टि हुने गरी समन्वय गर्नका लागि काठमाडौं महानगरलाई आग्रह गरेका छन् ।

आज (सोमबार) चितवनको भरतपुरमा प्रेस सेन्टर चितवनले आयोजना गरेको पत्रकार सम्मेलनमा श्रेष्ठले संघीय सरकार स्थानीय र प्रदेश सरकारसँग समन्वयन गरेर संविधानले दिएको जिम्मेवारी पुरा गर्न प्रतिवद्ध रहेको भन्दै कामको औचित्य पुष्टि हुने गरी र तथ्य रुप दिने गरि समन्वय गर्नका लागि काठमाडौं महानगरलाई आग्रह गरेका हुन् ।

काठमाडौं महानगरका प्रमुख बालेन शाहबारे व्यक्तिगत रुपमा कुनै टिप्पणी नगर्ने भन्दै उनले बिना कारण बल प्रयोग गर्न अनुरोध मात्रै गर्न जानकारी दिएर नहुने स्पष्ट पारे । उनले स्थानीय तहको कार्यक्षेत्रमा केन्द्र सरकारले कुनै हस्तक्षेप नगर्ने उल्लेख गरे ।

त्यस्तै, श्रेष्ठले राजनीतिलाई सकारात्मक दिशातर्फ लैजानका निम्ति सबैभन्दा पहिला आफूले आफैलाई हेर्नुपर्ने बताए । उनले मुलुकका उपलब्धीलाई उल्टाउन खोज्ने प्रयास भए सह्य नहुने जिकिर गरे । उनले नागरिकताका कतिपय विषयमा राष्ट्रिय सहमति आवश्यक रहेको भन्दै सबै दलहरूसँग छलफल गरेर समस्याको समाधान खोजिने बताए ।

काठमाडौंका मेयर शाहले महानगरभित्रका अवैध संरचना भत्काउन सुरक्षा बल मागे पनि गृह मन्त्रालयबाट सहयोग नपाएपछि केन्द्र सरकारप्रति असन्तुष्टि जनाएका छन् ।

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा