बागमतीमा थपिए दुई मन्त्री, बहादुरसिंह र तीर्थबहादुरले लिए शपथ

हेटौँडा – बागमती प्रदेश सरकारमा आज (आइतबार) दुई मन्त्री नियुक्त भएका छन् । कांग्रेस संसदीय दलका नेतासमेत रहेका बहादुरसिंह लामा आर्थिक मामिला तथा योजना मन्त्री बनेका छन् भने कांग्रेसकै तीर्थबहादुर लामा खानेपानी उर्जा तथा सिंचाई मन्त्रीमा नियुक्त भएका छन् ।

आज नियुक्त भएका मन्त्रीहरुले आज साँझ नै पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । मन्त्रीद्वयलाई प्रदेश प्रमुख यादव चन्द्र शर्माले शपथ खुवाएका हुन् । राप्रपा र एमालेले छोडेका ७ मन्त्रालयमा आज २ मन्त्रालयको पदपूर्ति गरिएको र बाँकी ५ मन्त्रालयको पनि छिट्टै पदपूर्ति हुने मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले बताए ।

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा