नेपाल प्रहरीका ४ जना डीआईजी एआईजीमा बढुवा

काठमाडौं – सरकारले नेपाल प्रहरीका ४ जना प्रहरी नायव महानिरीक्षक (डिआइजी)लाई अतिरिक्त प्रहरी महानिरीक्षक (एआइजी) मा बढुवा गर्ने निर्णय गरेको छ।

शुक्रबार विहान बसेको मन्त्रिपरिषद बैठकले बढुवा समितिले गरेको सिफारिस अनुसार एआइजीमा बढुवा गर्ने निर्णय गरेको हो ।

डीआईजीहरु सन्दीप भण्डारी, सुदीप गिरी, मीरा चौधरी र टेकबहादुर तामाङ एआईजीमा बढुवा गरिएको हो ।यसअघि गृह मन्त्रालयले चैत १३ मा भण्डारी,गिरी,चौधरी र तामाङलाई डीआईजीबाट एआईजीमा बढुवाका लागि सिफारिस गरेको थियो ।

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा