सेतो मच्छिन्द्रनाथ रथयात्रा आजबाट शुरु

काठमाडौं – सेतो मच्छिन्द्रनाथको रथयात्रा बुधबार शुरु भएको छ। आज अपराह्न मच्छिन्द्रबहालदेखि तीनधारा पाठशालासम्म रथयात्रा भएको हो।

आजै ५ बजेदेखि ६:३० बजेसम्म जमल, रत्नपार्क, भोटाहिटी हुँदै असनसम्म रथयात्रा गरिएको छ। चैत १६ गते दिउँसो ५ बजेदेखि ६:३० बजेसम्म असन, बालकुमारी, केल टोल, इन्द्रचोक‚ मखन हुँदै हनुमानढोकासम्म रथ यात्रा हुनेछ।

१७ गते दिउँसो ४ बजेदेखि ६:३० बजेसम्म हनुमानढोका, चिंकमुगल, जैशीदेवल, ज्याबहाल हुँदै लगनसम्म रथयात्रा हुनेछ। चैत १८ गते साँझ ५:३० देखि ६:३० बजेसम्म लगन आमा रुख परिक्रमा, चैत १९ गते ५:३० देखि ७:३० बजेसम्म लगन, ज्याबहाल, द्यः लं, यूतुननी, कोहिति‚ भीमसेन थान, मरु, यतखा, नरदेवी, किलागल, भेडासिङ, केलटोल हुँदै मच्छिन्द्रबहालसम्म रथयात्रा हुने कार्यक्रम छ।

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा