मेरो दाबी उपप्रधानसहित गृहमा हो : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछानेले उपप्रधानसहित गृहमन्त्रीमा आफ्नो दाबी रहेको बताएका छन् ।

संघीय संसद् भवनमा आज (सोमबार) भएको सत्ता गठबन्धनका नेताहरूको बैठकपछि पत्रकारसँग कुरा गर्दै सभापति लामिछानेले यस्तो बताएका हुन् । उनले अहिले मन्त्रालय तथा मन्त्रीको संख्याको टुङ्गो लागिनसकेको तर आफ्नो दाबी उपप्रधानमन्त्रीसहित गृहमन्त्रीमा रहेको बताएका हुन् ।

उनले भने, ‘मेरो दाबी उपप्रधानसहित गृहमा हो, यसबारे निर्णय गर्ने अधिकार प्रधानमन्त्रीलाई दिएका छौं ।’ उनका अनुसार आज सानो आकारको मन्त्रिमण्डल मात्र बन्ने र मन्त्रालयको भागवण्डा पछि टुङ्गिने छ । ‘मन्त्रालयका विषयमा पछि छलफल गर्छौं,’ लामिछानेले भने ।

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा