आज माओवादी पूर्व स्थायी कमिटी सदस्यको बैठकमा हुन सकेन कुनै निर्णय

काठमाडौं – नेकपा माओवादी केन्द्रको पूर्व स्थायी कमिटी सदस्यहरुको बैठक सकिएको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुलमटारमा बसेको बैठकमा पार्टीको आन्तरिक ब्यवस्थापनसम्बन्धी छलफल भएको पूर्व स्थायी कमिटी सदस्य लिलामणी पोखरेलले जानकारी दिएका छन् । यो बैठकमा भातृ संगठन अखिल क्रान्तिकारीमा देखिएको विवादबारे पनि छलफल भए पनि कुनै निणर्य भने नभएको उनले बताएका छन् ।

उनले अखिलमा देखिएको विवादबारे दुई पक्षबीच बसेर छलफल गरी चाँडोभन्दा चाँडो समाधान खोज्ने विषयमा छलफल भएको पोखरेलले बताएका छन् । पोखरेलका अुनसार पदाधिकारी चयनबारे आजको बैठकमा छलफल भएन ।

अखिल क्रान्तिकारीको अध्यक्षमा पञ्चा सिंहलाई अध्यक्ष र महासचिवमा दिपेश पुनको नाम घोषणा भएदेखि नै असन्तुष्ट पक्षले विरोध जनाउँदै आएको छ । विवाद चुलिएसँगै असन्तुष्ट पक्षले प्रचण्डको फोटो राखेर समानान्तर कार्यक्रम नै आयोजना गरिसकेको छ ।

संगठनको पदाधिकारी चयनप्रति असन्तुष्टि जनाउँदै आएका उपाध्यक्ष पवन कार्की लगायत विद्यार्थी नेताहरुले जेठ २२ गते राजधानीमा ’उपत्यकास्तरीय प्रशिक्षण कार्यक्रम’ घोषणा गरेका छन् । यसबारे शीर्ष नेताहरुले छलफल गरे टुंग्याउने पोखरेलले बताए । अखिल क्रान्तिकारीको सम्मेलनले पञ्चा सिंहलाई अध्यक्षमा छानेदेखि पदाधिकारी चयन गर्न सकेको थिएन ।

त्यसको करिब ४ महिनापछि जुममा भएको भर्चुअल बैठकका सहभागीहरुलाई म्युट हानेर महासचिवमा दिपेश पुनसिहतको नाम घोषणा भएको थियो । त्यसलाई लिएर अखिल क्रान्तिकारीमा विवाद बढिरहेको छ ।

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा