ललितपुरमा एकै परिवारको ५ जनाको मृत्यु, थप अनुसन्धान जारी

काठमाडौं- ललितपुरमा एकै परिवारमा मृत्यु हुनेको संख्या पाँच पुगेको छ। ललितपुर गाउँपालिका-४ मा सोमबार बिहान एकै परिवारका ४ जना मृत अवस्थामा फेला परेका थिए भने २ दिनको शिशुको अस्पताल पुर्‍याएसँगै मृत्यु भएको हो। 

ललितपुर प्रहरी प्रमुख तथा एसएसपी यज्ञविनोद पोखरेलका अनुसार गम्भीर अवस्थाका शिशुका बुवा शुभाम स्याङताङको भने पाटन अस्पतालमा उपचार भइरहेको छ।

वर्ष ५५ की काइली स्याङताङ, वर्ष ९का  आशीश, वर्ष २३ की सुस्मा, वर्षा ७ की आस्मा  र दुई दिनको शिशु रहेको पोखरेलले जानकारी दिए। बुवा २३ वर्षीय शुभाम स्याङताङको भने पाटन अस्पतालमा उपचार भइरहेको छ। 

घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा