बालिका बलत्कार आरोपमा ५३ बर्षींय पुरुष पक्राउ

मोरङ –  इलाका प्रहरी कार्यालय बेलबारी मोरङले १२ वर्षीया बालिकालाई बलात्कार आरोपमा ५३ वर्षीय पुरुषलाई पक्राउ गरेको छ । सुन्दरहरैंचा नगरपालिका-५ बाँसबारीका ५३ वर्षीय रामदेव चौधरीले १२ वर्षीया बालिकालाई बुधबार साँझ घर नजिकै रहेको बाँसघारीमा लगेर बलात्कार गरेको आरोपमा इलाका प्रहरीले पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय बेलबारीका अनुसार आरोपी चौधरीलाई स्थानीय र अभिभावकको सूचनाका आधारमा बुधबार साँझ नै पक्राउ गरेर अनुसन्धान थालिएको छ । बालिकालाई उपचार र लिगल परीक्षणका लागि विपी प्रतिष्ठान धरान पठाइएको छ ।

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा