रुकुमका एक कोरोना संक्रमितको भेरी अस्पतालमा मृत्यु

बाँके । रुकुमका एक कोरोना संक्रमितको उपचारका क्रममा बाँकेमा मृत्यु भएको छ । रुकुम पश्चिमको आठविस नगरपालिका- ६ का ६५ वर्षीय एक पुरुषको नेपालगञ्जस्थित भेरी अस्पतालमा आज बिहान मृत्यु भएको हो ।

उनलाई संक्रमण पुष्टि भएपछि माघ १५ गते भेरी अस्पतालमा भर्ना गरिएको थियो । मृत्यु भएका पुरुषले खोप नलगाएको पाइएको कोभिड-१९ व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेजबहादुर वलीले जानकारी दिए ।

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा