काठमाडौं- कानुन व्यवसायीहरुको छाता संगठन नेपाल बार एसोसिएसनको बैठक बसिरहेको छ।
एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले राजीनामा दिनु पर्ने माग गरिरहेको छ। तर, राणाले राजीनामा नदिने अडान लिएसँगै एसोसिएसनले आन्दोलनका कार्यक्रम घोषणा गर्ने तयारी गरेको छ। त्यसका लागि शुक्रबार बार एसोसिएसनको बैठक सुरु भएको हो। बैठकले आन्दोलनका कार्यक्रम घोषणा गर्नुका साथै थप रणनीति बनाउने जनाएको छ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले पदबाट राजीनामा दिनुपर्ने भनि सुरू भएको आन्दोलनमा बार पनि सहभागी छ।
न्यायाधीश, पूर्वन्यायाधीशसहित न्याय क्षेत्रका सबैले राणाले राजीनामा दिनुपर्ने भनिरहँदा उनले भने राजीनामा नदिने अडान लिएका छन्। राणा र न्यायाधीशहरु आ-आफ्नै अजेन्डामा रहेका कारण आइतबारदेखि जारी अवरोध कायमै रहेको छ।

