टस जितेर पीएनजीविरुद्ध ब्याटिङ गर्दै नेपाल

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीले केही बेरमा पपुवा न्युगिनिसँग प्रतिस्पर्धा गर्दैछ । ओमानको अल इमिरेट क्रिकेट मैदानमा हुन लागेको खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ गर्ने भएको छ ।

नेपालले आजको खेलमा तीन खेलाडी परिवर्तन गरेको छ । पहिलो एकदिवसीयमा खेलेका शरद भेषवाकर, आरिफ शेख र पवन सरार्फ आउट हुँदा विनोद भण्डारी, करन केसी र सुसन भारीले टिममा स्थान बनाएका छन् ।

नेपाल र पपुवा न्युगिनिबीचको खेल नेपाली समयअनुसार दिउँसो ४ः१५ बाट सुरु हुनेछ । पीएनजीसँगको दोस्रो एकदिवसीय खेलसँगै नेपालले पहिलो पटक ‘डे नाइट’ एकदिवसीय खेल्न लागेको हो ।

बुधबार भएको पहिलो खेलमा नेपालले पीएनजीलाई २ विकेटले हराएको थियो ।

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा